पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु, दुई घाइते
तानसेन । रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
लु१ज २३७७ नम्बरको जीप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको र तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रैनादेवी छहरा–१, सिद्धेश्वरका ३६ वर्षीय दीपेन्द्र बुढा, ३१ वर्षीय चेतनारायण विक र २३ वर्षीय जनक रेगामी छन् ।
जीप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढा घाइते भएका छन् । उनीहरूको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त जीप सडकबाट २०० मिटर तल खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया