तीन घर जलेर नष्ट
सप्तरी । जिल्लाको सुरुङ्गा नगरपालिका–३ मा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
विद्युत् सर्ट भई आगलागी भएको आशंका गरिएको छ । सो आगलागीबाट अन्तपात, लत्ताकपडा, फर्निचर, भाँडाकुँडासहित सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लहान नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया