नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

काठमाडौं । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ।
भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो । उक्त घटनापश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो ।
यस दुःखद् घडीमा नेपाल र भारत साझा दुःख र पीडामा एकताबद्ध भई ऐक्यबद्धतामा उभिएका विज्ञप्तिमा उल्लेख छ ।
नेपालले सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त बर्बर आतङ्कवादी हमलाको तत्काल र निःसन्देह रूपमा भत्र्सना गरेको थियो।
“आतङ्कवादविरुद्धको लडाइँमा नेपाल सबै पक्षसँगै उभिएको छ । आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रूतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन”, मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले उक्त तनाव कम हुने आशा गर्दै यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ ।
ताजा अपडेट
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
प्रतिक्रिया