‘विश्वका सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन
काठमाडौं (एजेन्सी) । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्व राष्ट्रपति जोस मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ।
मुजिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ ।
सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुजिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए।
उरुग्वेका वर्तमान राष्ट्रपति यामांडू ओरसीले एक्समा जोस मुजिकाको मृत्युको जानकारी दिँदै लेखेका छन्, ‘तपाईंले हामीलाई जे जति दिनुभयो, त्यसका लागि धन्यवाद।’
पूर्व राष्ट्रपति मुजिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन । यद्यपि, उनी ओसोफेजियल क्यान्सरबाट पीडित थिए।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया