नबिल बैंकको वित्तीय विवरण सार्वजनिक, ३ अर्ब ३५ करोड नाफा
काठमाडौं । नबिल बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तिय विवरण सार्वजनिक गर्नेमा नबिल बैंक पहिलो बैंक बनेको छ ।
बैंकले मंगलबार अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको हो । बैंकले चालु आवको ९ महिनामा ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो खुद मुनाफा बैंकले अघिल्लो आवको सोही अवधिको तुलनामा ३३ करोड रुपैयाँ कम हो ।
बैंकले गत आवको पहिलो ९ महिनामा ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको सीडी रेसियो ९१.४७ प्रतिशत छ भने बेसरेट ८.२२ प्रतिशत र ब्याजदर स्प्रेड ३.७३ प्रतिशत छ ।
९ महिनाको अन्त्यसम्म बैंकको प्रतिसेयर आम्दानी घटेर २४ रुपैयाँ ३९ पैसा कायम भएको छ । बैंकको खराव कर्जाको दर बढेर १.१४ प्रतिशत पुगेको छ । यस्तै पीई रेसियो ३९.८२, नेटवर्थ १९०.२९ रुपैयाँ छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया