नबिल बैंकको वित्तीय विवरण सार्वजनिक, ३ अर्ब ३५ करोड नाफा
काठमाडौं । नबिल बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तिय विवरण सार्वजनिक गर्नेमा नबिल बैंक पहिलो बैंक बनेको छ ।
बैंकले मंगलबार अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको हो । बैंकले चालु आवको ९ महिनामा ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो खुद मुनाफा बैंकले अघिल्लो आवको सोही अवधिको तुलनामा ३३ करोड रुपैयाँ कम हो ।
बैंकले गत आवको पहिलो ९ महिनामा ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको सीडी रेसियो ९१.४७ प्रतिशत छ भने बेसरेट ८.२२ प्रतिशत र ब्याजदर स्प्रेड ३.७३ प्रतिशत छ ।
९ महिनाको अन्त्यसम्म बैंकको प्रतिसेयर आम्दानी घटेर २४ रुपैयाँ ३९ पैसा कायम भएको छ । बैंकको खराव कर्जाको दर बढेर १.१४ प्रतिशत पुगेको छ । यस्तै पीई रेसियो ३९.८२, नेटवर्थ १९०.२९ रुपैयाँ छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया