सिवाइसी नेपाल लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । सीवाइसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीका अनुसार आवेदकले आज कार्यलाय समयअवधिभित्र आइपीओ भरिसक्नुपर्ने छ ।
कम्पनीले वैशाख २ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो ।
कम्पनीका अनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको छ । यो मध्ये ५५ अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०।५५ अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल प्रबन्धक रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया