विराटनगरमा आगलागी, चार पसल जले
विराटनगर । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ ।
विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ ।
उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको कार्यालयका फायरम्यान चौधरीले जानकारी दिए ।
आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताए । आगो नियन्त्रणका क्रममा कार्यालय तीन कर्मचारी घाइते भई स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया