हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनको रोक
काठमाडौं । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना लिने अधिकार खारेज गरेको छ। यसले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयसँगको गतिरोध बढाएको छ।
अमेरिकी आन्तरिक सुरक्षा मन्त्री क्रिस्टी नोएमले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै प्रशासनले हार्वर्डको ‘कानुन पालना गर्न नसकेका कारण अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रम रद्द गरेको’ बताएकी छन्।
बिहीबारको पोस्ट्मा उनले लेखेकी छिन्, ‘यो देशभरका सबै विश्वविद्यालय र शैक्षिक संस्थाहरूका लागि चेतावनी हो।’
हार्वर्ड विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै यस कदमलाई ‘गैरकानुनी’ भनेको छ। ‘हामी हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई भर्ना गर्ने क्षमता कायम राख्ने हाम्रो संकल्पमा अडिग छौं। ती विद्यार्थी र विद्वानहरू १४० भन्दा बढी देशहरूबाट यहाँ आएर विश्वविद्यालय तथा राष्ट्रलाई समृद्ध बनाउँछन्,’ हार्वर्डको विज्ञप्तिमा भनिएको छ ।
यस्तो कदमले हार्वर्डको शैक्षिक र अनुसन्धान मिसनलाई कमजोर पार्ने पनि उसले जनाएको छ । उसले अगाडि थपेको छ, ‘हामी हाम्रा समुदायका सदस्यहरूबाट मार्गदर्शन र सहयोग लिन द्रुत गतिमा काम गरिरहेका छौं। यस प्रतिशोधात्मक कारबाहीले हार्वर्ड समुदाय र हाम्रो देशलाई गम्भीर क्षति पुर्याउने खतरा छ। यसले हार्वर्डको शैक्षिक र अनुसन्धान मिसनलाई पनि कमजोर पार्छ।’
ट्रम्प प्रशासनको यस निर्णयले हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी प्रभावित हुनेछन् ।
हार्वर्ड विश्वविद्यालयको तथ्याङ्क अनुसार गत शैक्षिक वर्षमा ६ हजार ७०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीले यहाँ भर्ना लिएका थिए। यो कुल विद्यार्थी संख्याको २७ प्रतिशत हो।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया