महानगरका प्रहरी प्रमुख पाण्डेले बुझाए स्पष्टीकरण
काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण बुझाएका छन् ।पाण्डेले सोमबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई आफ्नो स्पष्टीकरण बुझाएका हुन् ।
एक साताको समय दिएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई जेठ ६ गते स्पष्टीकरण सोधेका थिए ।चैत २१ गतेका दिन आफू लामो बिदापछि काठमाडौं महानगरपालिका कार्यालय प्रमुखका रुपमा प्रमुख प्रशासकीय अधिकृतका हैसियतले कार्यालयमा जाँदा रोकेको भन्दै गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।
गुरागाईँले आफू कार्यालय उपस्थित हुँदा पाण्डेले महानगर प्रहरी बलको अनधिकृत परिचालन गरी अभद्र व्यवहार र गैह-कानूनी हर्कत गरेको स्पष्टीकरण पत्रमा उल्लेख गरेका थिए ।पाण्डेले प्रमुख प्रशासकीय अधिकृतका रुपमा आफूले प्रयोग गर्दै आएको सवारी साधन हवील लक गर्ने आदेश दिइ, ह्विल लक गर्न लगाई प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउने कार्यमा बाधा उत्पन्न गरेको समेत उल्लेख गरिएको थियो ।
पाण्डेले कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरू समेतको बाटो छेकी अमर्यादित एवं अभद्र क्रियाकलाप गरेको, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पटक पटक अनुरोध गर्दा समेत ताला खोल्ने कार्यमा समन्वय नगरेको आरोप लगाइएको छ ।साथै सञ्चार माध्यममा अनधिकृत बयानबाजी गरेको र उपप्रमुख र अन्य जनप्रतिनिधिहरुसँग समेत अमर्यादित व्यवहार देखाएको पनि आरोप लगाइएको छ ।
पाण्डेलाई सात दिनभित्र रितपूर्वक स्पष्टीकरण पेश गर्न र म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित बुझ्दो नभएमा कानुन बमोजिम कारबाही गर्ने पत्रमा उल्लेख गरिएको थियो ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया