गृहमन्त्रीलाई संसदमा पहिला हामीले प्रश्न सोध्न पाउनुपर्छ- रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकलाई मंगलबारको संसदको बैठकमा आफैले गरेको प्रश्न सम्झाउने बताएको छ ।
पार्टीको संसदीय दलको बैठक पछि पत्रकारहरुसँग कुरागर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रमेश लेखकले एक बर्ष अगाडी संसदमा दिएको अभिव्यक्ति सम्झाउन चाहेको बताए ।
झाले गृहमन्त्री लेखकलाई प्रश्न सोध्न पाउनु पर्यो भन्दै प्रश्न सोधेपछि बल्ल गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए । उनले गृहमन्त्री लेखकले मंगलबार भिजिट भिसा प्रकरणमा संसदमा जवाफ दिने बताइरहेका बेला रास्वपाले पहिला प्रश्न सोधेपछि बल्ल गृहमन्त्रीको जवाफ सुन्ने बताए ।
साथै झाले अनुसन्धान शुरु नै नहुदै पार्टीको पदाधिकारी बैठक बसेर क्लीन चिट दिएको भन्दै आपत्ति जनाएका छन् । कांग्रेसकै नेताहरुले प्रश्न सोधिरहेको बेला पदाधिकारी बैठकले क्लीन चिट दिएकोप्रति आपत्ति जनाए ।
ताजा अपडेट
-
नेपालमा मुटु तथा छाती शल्यचिकित्साका नवीनतम प्रविधिबारे अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
करेसाबारीबाट रस्टी–स्पटेड क्याट जोगाउने प्रयास, बर्दियामा स्थानीयलाई तालिम
-
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
-
स्थिति नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन
-
देवानगञ्ज हिंसा: कोशीका डीआईजीसहित सुनसरीका सीडीओ र एसपी फिर्ता, छानबिन समिति गठन


प्रतिक्रिया