कामीरिताको नयाँ कीर्तिमान– ३१औं पटक सगरमाथाको चुचुरोमा
काठमाडौँ । कीर्तिमानी नेपाली पर्वतारोही कामी रिता शेर्पाले ३१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
सेभेन समिट ट्रेक्सक अनुसार कामी रिताले आज बिहान करिब ४ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् ।
सोलुखुम्बुका कामी रिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रूपमा कार्यरत छन् । जनवरी २, १९७० मा जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए। उनले पहिलो पटक १३ मे १९९४ मा सगरमाथाको आरोहण गरेका थिए । उनको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया