सङ्खुवासभाका ८० प्रतिशत घरधुरीमा पुग्यो विद्युत्
खाँदबारी । हिमाली जिल्ला सङ्खुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ ।
आज खाँदबारीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजिव सिंहले बाँकी २० प्रतिशत घरधुरीमा पनि छिट्टै विद्युत् पुर्याउने तयारी भइरहेको जानकारी दिए।
यसैबीच विद्युत् प्राधिकरण सङ्खुवासभाले महसुल नतिर्ने ५४२ उपभोक्ताबाट रु ५९ लाख बक्यौता असुल गरेको जनाएको छ । सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा महसुल नतिर्ने उपभोक्ताको विद्युत् काट्ने अभियान सञ्चालन गरेपछि १० महिनाको अवधिमा उक्त रकम सङ्कलन गर्न सफल भएको खाँदबारी वितरण केन्द्रका प्रमुख सत्रुधन यादवले बताए।
त्यस्तै कालोसूचीमा परेका ग्राहकबाट थप रु छ लाख उठाइएको यादवले जानकारी दिए। प्राधिकरणका अनुसार सङ्खुवासभामा हाल २८ हजार ७३२ भन्दा बढी विद्युत् उपभोक्ता छन् । अघिल्लो आर्थिक वर्षमा महसुलबापत रु २४ करोड १९ लाख सङ्कलन गरिएको प्राधिकरणले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया