ओमानले घोषणा गर्यो ‘ग्रेस पिरियड’, अवैध नेपाली जरिवाना नतिरी स्वदेश फर्कन पाउने
काठमाडौं । ओमान सरकारले त्यहाँ रहेका अवैध विदेशीलाई स्वदेश फर्काउने उद्देश्यले ‘ग्रेस पिरियड’ (स्वदेश फिर्तीको लागि छुट अवधि) घोषणा गरेको छ । ओमान सरकारको घोषणासँगै त्यहाँ रहेका अवैध नेपाली कामदारले जरिवाना नतिरी स्वदेश फर्कने अवासर पाएका छन् ।
“ओमान सरकारले तीन महिनाका लागि ग्रेस पिरियड घोषणा गरेको छ । यो भनेको यहाँ रहेका अवैध विदेशीलाई जरिवाना नतिरी स्वदेश फर्कन दिइएको विशेष अवसर हो । जुलाई अन्तसम्म यो अवसर दिइएको छ,” ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले भने ।
राजदूत अर्यालका अनुसार, ओमानमा हाल २२ हजार नेपाली वैध कामदार छन् । ओमानमा अवैध नेपाली कामदारको संख्या दुई हजारको हाराहारीमा रहेको अनुमान छ ।
“यहाँ दुई हजारजति नेपाली अवैध रहेको हाम्रो अनुमान छ । उनीहरूलाई यो नेपाल फर्कन विशेष अवसर हो,” राजदूत अर्यालले भने ।
उनले अवैधरूपमा बसोबास गरेका नेपालीलाई ओमान सरकारले आह्वान गरेको ग्रेस पिरियडको सदुपयोग गर्न अनुरोध गरेका छन् ।
नेपाली दूतावासले ओमान सरकारले उपलब्ध गराएको वेबसाइटमा गएर आफ्नो विवरण टिपाउन त्यहाँ रहेका अवैध नेपालीलाई आग्रह गरेको छ । दूतावासले नेपाली समुदायसँग मिलेर अवैध कामदारलाई स्वदेश फिर्ता गराउन सहजीकरण पनि गरिरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया