ओमानले घोषणा गर्यो ‘ग्रेस पिरियड’, अवैध नेपाली जरिवाना नतिरी स्वदेश फर्कन पाउने
काठमाडौं । ओमान सरकारले त्यहाँ रहेका अवैध विदेशीलाई स्वदेश फर्काउने उद्देश्यले ‘ग्रेस पिरियड’ (स्वदेश फिर्तीको लागि छुट अवधि) घोषणा गरेको छ । ओमान सरकारको घोषणासँगै त्यहाँ रहेका अवैध नेपाली कामदारले जरिवाना नतिरी स्वदेश फर्कने अवासर पाएका छन् ।
“ओमान सरकारले तीन महिनाका लागि ग्रेस पिरियड घोषणा गरेको छ । यो भनेको यहाँ रहेका अवैध विदेशीलाई जरिवाना नतिरी स्वदेश फर्कन दिइएको विशेष अवसर हो । जुलाई अन्तसम्म यो अवसर दिइएको छ,” ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले भने ।
राजदूत अर्यालका अनुसार, ओमानमा हाल २२ हजार नेपाली वैध कामदार छन् । ओमानमा अवैध नेपाली कामदारको संख्या दुई हजारको हाराहारीमा रहेको अनुमान छ ।
“यहाँ दुई हजारजति नेपाली अवैध रहेको हाम्रो अनुमान छ । उनीहरूलाई यो नेपाल फर्कन विशेष अवसर हो,” राजदूत अर्यालले भने ।
उनले अवैधरूपमा बसोबास गरेका नेपालीलाई ओमान सरकारले आह्वान गरेको ग्रेस पिरियडको सदुपयोग गर्न अनुरोध गरेका छन् ।
नेपाली दूतावासले ओमान सरकारले उपलब्ध गराएको वेबसाइटमा गएर आफ्नो विवरण टिपाउन त्यहाँ रहेका अवैध नेपालीलाई आग्रह गरेको छ । दूतावासले नेपाली समुदायसँग मिलेर अवैध कामदारलाई स्वदेश फिर्ता गराउन सहजीकरण पनि गरिरहेको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया