गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भिजिट भिसा प्रकरणमा गृह प्रशासनको संस्थागत संलग्नता भएको दाबी गरेका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब गृहमन्त्री रमेश लेखकले जवाफ नभई राजीनामा दिएर बयान दिनु पर्ने बताएका छन् ।
उनले भने, ‘गृहमन्त्री ज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले जवाफ दिने होइन, राजीनामा दिने हो। अब बयान दिने हो, जवाफ दिने होइन। अब उहाँ अभियुक्त हुनुभयो, अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ ? अभियुक्तले कानुनी कठघरामा गएर अख्तियारले बोलाएको बेलामा बयान दिने हो, जवाफ दिने होइन। राजीनामा दिनुपर्छ। राजीनामा हाम्रो प्रष्ट माग छ। त्योभन्दा दायाँ–बायाँ हुँदैन।’
उनले गृहमन्त्रीको राजीनामा नआई सदन अगाडि बढाउन नदिने पनि बताएका छन् । उनले यो सरकार बनेपछि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिएको दाबी गरे। उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल बन्द छ, बेचन झाको बयान पनि भएको छैन अहिलेसम्म। बयानै नभई जेल बसेका पहिलो पात्र होलान् । अहिले बजारमा सिटामोल काण्ड आएको छ, यसको सत्यतथ्य अनुसन्धान गर्नुपर्छ ।’
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया