माओवादीबाट अलग भएको नेकपा गौरवशाली एकीकृत समाजवादीमा विलय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा गौरवशालीबीच पार्टी एकीकरण भएको छ ।
काठमाडौंको राष्ट्रियसभा गृहमा मंगलबार एक कार्यक्रम गर्दै यी दुई पार्टीले एकीकरण घोषणा गरेका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा गौरवशालीका अध्यक्ष भविश्वर पराजुलीलाई आफ्नो पार्टीमा स्वागत गरेका थिए ।
पराजुलीले माओवादी केन्द्रबाट फुटेर ०७५ मा अलग पार्टी खोलेका थिए ।
प्रतिक्रिया