NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने

काठमाडौँ- सरकारले कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा)सडकअन्तर्गतको राम्दी–रानीमहल सडकखण्ड तथा हार्मीचौर–बलेवा–मालढुङ्गा सडक खण्ड स्तरोन्नतिका क्रममा सडक रेखाङ्कनभित्र पर्ने तथा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।

जेठ १२ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जापान सरकारद्वारा छात्रवृत्ति परियोजनाका लागि प्राप्त जापानी येन ५७२ मिलियन (करिब ५३ करोड ७६ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए।

यही जेठ १९ देखि २३ सम्म फिलिपिन्सको मनिलामा आयोजना हुने एसिया क्लिन एनर्जी फोरममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव(ऊर्जा)लाई सहभागी हुन स्वीकृति दिने निर्णय गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा कृष्णप्रसाद तिम्सिनालाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेका गुरुङले जानकारी दिए।

 

ताजा अपडेट

नेपालवाच विशेष