जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु
पर्सा – जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । यहाँको पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकै रहेको सितलपुर जङ्गलमा हात्तीको आक्रमणले मकवानपुर मनहरी गाउँपालिका–२ स्थायी घर भएका ६१ वर्षीय श्यामबहादुर भुलनको मृत्यु भएको हो ।
जिल्ला प्रहरीका सूचना अधिकारी किशोर लम्सालले मृतक भुलनसहित सोही ठाउँका भक्तबहादुर आले र श्रवण भुलन गत जेठ ९ गते कुरीलो खन्न गएको बखतमा एक्कासी जङ्गली हात्तीले आक्रमण गरेको जानकारी दिए ।
“हात्तीको आक्रमणमा परेको तीन दिनपछि प्रहरीमा उजुरी आएको थियो र खोजी गर्ने क्रममा मृतक भुलनको शव सोमबार मात्रै फेला पर्यो”, उनले भने, “इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले मृतक भुलनको शव सङ्कलन गरी शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाएको छ ।”
भुलनसँगै कुरिलो खन्न गएका अन्य दुई भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया