अफताव आलमलाई उच्च अदालतको सफाई
काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सफाइ दिएको छ ।
बुधबार न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाएको हो ।
आलममाथि पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित उनका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप थियो ।
ताजा अपडेट
-
खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु
-
नारायणहिटी दरवार सङ्ग्रहालय क्षेत्र वरपर निषेधाज्ञा जारी
-
काठमाडौँको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दुई ‘सिफ्ट’ मा
-
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्न महासचिव पोखरेलको परिपत्र
प्रतिक्रिया