प्रतिनिधि सभामा बजेट टेबुल
काठमाडौँ । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)को प्रति टेबुल गरिएको छ । प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट टेबुल गरेका हुन् ।
संघीय संसद्को संयुक्त बैठकमा आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।
सभामुख देवराज घिमिरेले बजेटमाथि सामान्य छलफल गर्न र अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि यही जेठ २०, २१, २२ र २३ गतेका दिन तोकेको जानकारी दिए। उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन दलीय पदाधिकारीले आ-आफ्ना दलका सांसदको नाम बैठक बस्नु एक घण्टा अगावै उपलब्ध गराउन उनले आग्रह गरे ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया