माओवादीले भन्यो बलियो सरकारले आशा जगाउने बजेट ल्याउन सकेन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले सरकारले आशा जगाउने बजेट ल्याउन नसकेको टिप्पणी गरेको छ ।
पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले आशा जगाउने खालको बजेट ल्याउन नसकेको बताएका हुन् ।
बिहीबार सरकारले बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अर्थतन्त्रलाई समग्र रुपले चलायमान बनाउने ढंगले भन्दा पनि नियमित ढंगले बजेट आएको बताए ।
उनले भने, ‘अर्थतन्त्रलाई समग्र रुपले चलायमान बनाउने ढंगले भन्दा पनि जस्तो छ नियमित गरौं भन्ने खालको नियमित बजेटको रुपमा आएको छ । बलियो सरकार छ, तर आशा जगाउन सकेन । बलियो बजेट आउनुपर्ने हो । त्यस्तो बलियो देखिएन । छरिएर आएको छ ।’ त्यस्तै उनले करको विषयमा भने विद्युतीय गाडीमा निरन्तरता गरेर पर्यावरण संरक्षणका कुराले पनि राम्रो काम भएको धारणा राखे ।
ताजा अपडेट
-
व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता
-
महाकाली सिँचाइ : तेस्रो चरणको काम तीन वर्षभित्र सकिने
-
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
-
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
-
आधारभूत कक्षामा विद्यार्थी संख्या शून्य
प्रतिक्रिया