भालुको आक्रमणबाट दार्चुलामा दुई जना घाइते
खलङ्गा । दार्चुलामा भालुको आक्रमणमा एकै परिवारका दुई जना घाइते भएका छन् ।
शुक्रबार बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८ वर्षीय मानमति डाटा भालुको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतले जानकारी दिए ।
उनका अनुसार कलावती र मानमती सासू बुहारी हुन् । नजिकैको स्थानीय वन बरमुडेलेकबाट आएको भालुले घरभित्र पसेर एक्कासी उनीहरूमाथि आक्रमण गरेको हो ।
भालुको आक्रमणमा परी घाइते कलावतीको ढाड र मुखमा चोट लागेको छ । भालुको आक्रमणबाट बच्न भाग्दा लडेर मानमतीसमेत घाइते भएका छिन् । घाइते दुवै जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।
भालुलाई नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरीको टोली घटना स्थलमा पुगेको जनाइएको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया