रास्वपाले बोलायो सचिवालय र संसदीय दलको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ। आज (सोमबार) अपरान्ह १ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरेर पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाइएको हो।
त्यसै गरी आजै दिउँसो ३ बजे वनस्थलीमै पार्टी संसदीय दलको बैठक पनि बोलाइएको छ। बैठकमा मुलुकको समसामयिक राजनीति, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, रास्वपाका गतिविधि लगायतका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ। रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने बताउँदै आएको छ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया