सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
काठमाडौं । कुनै पनि धितोपत्र धनीको सेयर अर्को डिम्याट खातामा सार्ने प्रक्रिया सेयर नामसारी हो । यस्तो नामसारी एकाघर परीवारभित्र अर्थात घरका सदस्यको नाममा गर्न मिल्छ । सेयर नामसारीमा घरायसी र मृत्यु नामसारी हुन्छ ।
घरायसी नामसारीमा एकाघर परिवारभित्र नै नामसारी गर्न पाइन्छ जस्तो बुुबाआमा को सेयर छोराछोरीको नाममा वा श्रीमानको सेयर श्रीमतिलाई सार्न मिल्छ । त्यस्तै, मृत्यु नामसारीको हकमा धितोपत्र धनी (सेयर होल्डर) भएको व्यक्तिको मृत्युु भएको खण्डमा जे हकवाला छ उसले सेयर नामसारी प्रक्रिया अघि बढाउन सक्छ ।
सेयर नामसारी गर्न चाहिने पहिलो र मुुख्य भनेको डिम्याट खाता हो । डिम्याट खाता नभइ सेयर नामसारी गर्न मिल्दैन् । त्यसपछि हकवालाको विवरण खुुल्ने कागजात र व्यक्तिको उपस्थिती आवश्यक छ ।
कुरा पैसाको नयाँ अंकमा हामीले सेयर नामसारी र यसको प्रक्रिया बुझाउने प्रयास गरेका छौं । प्रस्तोता निरज गिरीले माछापुच्छ्रे क्यापिटलका डिपी इन्जार्च बिन्दु अधिकारीसँग गरिएको कुराकानीको पूरा भिडियो हेर्न तलको लिंकमा जानुहोस् :
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया