पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
किमाथाङ्का । जिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ । मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो ।
शेर्पाको ढुङ्गा, माटो र काठले बनेको दुईतले घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायको क्षति भने भएको छैन ।
माथिल्लो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन् । केही दिनअघिको वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा हाइड्रोपावर बगाउँदा दुई सय ५० घरमा विद्युत आपूर्ति बन्द भएको छ । बाढीले भोटखोला–३ का दुईवटा हाइड्रोपावर बगाएको थियो ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया