पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
किमाथाङ्का । जिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ । मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो ।
शेर्पाको ढुङ्गा, माटो र काठले बनेको दुईतले घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायको क्षति भने भएको छैन ।
माथिल्लो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन् । केही दिनअघिको वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा हाइड्रोपावर बगाउँदा दुई सय ५० घरमा विद्युत आपूर्ति बन्द भएको छ । बाढीले भोटखोला–३ का दुईवटा हाइड्रोपावर बगाएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया