NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २३ गते

अझै बस्न सकेन प्रतिनिधिसभा बैठक

काठमाडौँ । प्रतिनिधिसभाको आज बैठक अहिलेसम्म पनि बस्न सकिरहेको छैन । आज दिउँसो १ बजे बस्नेगरी कार्यसूची तयार भए पनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन ।

भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रतिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन् ।

सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै मङ्गलबार पनि बैठक अवरुद्ध भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नजुटेकाले संसद् चल्न ढिला भइरहेको बताए । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग रहेको उनले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष