मधेशमा छिट्टै कांग्रेसको सरकार बन्छ : देउवा
जनकपुर । सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मधेश प्रदेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले मधेश प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमतिअनुसार अब छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।
‘मधेश प्रदेशमा आलोपालोकै कुरा छ,’ शुक्रबार कांग्रेसको जनकपुरस्थित मधेश प्रदेश कार्यालय पुगेका सभापति देउवाले सञ्चारकर्मीहरुँग भने, ‘यस विषयमा गठबन्धन दलहरूबीच कुराकानी गरेर टुंग्याउन बाँकी छ ।’ मधेश प्रदेशमा एमाले, कांग्रेस, जनमत र लोसपाको नेतृत्वमा हाल जनमतका नेता सतिशकुमार सिंहको नेतृत्वमा सरकार छ।
सिंह मुख्यमन्त्री बनेको एक वर्ष पुगेको छ एमाले र कांग्रेसले भने आफ्नो नेतृत्वमा मधेश प्रदेशमा सरकार बनाउन दबाब बढाइरहेका बेला कांग्रेस नेताको यो भनाइ सार्वजनिक भएको हो। पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाबारे सोधिएको प्रश्नमा भने देउवा केही बोल्न चाहेनन्। ‘माधव नेपालमाथि मुद्दा दायर गरिएको छ । के भन्नु हुन्छ ?’ प्रश्न गर्दा देउवा वरिपरि रहेकाहरूले ‘अब सकाऔं’ भन्दै जवाफ टारेका थिए।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया