ओखलढुंगाका इन्जिनियर सन्तोष कुमार यादवमाथि भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध भष्ट्राचार मुुद्दा दर्ता भएको छ ।
अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले बिहीबार खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्न घुस मागेको आरोपमा यादवलाई भष्ट्राचार मुुद्दा दायर गरेको हो ।
उनलाई पाँच लाख सत्तरी हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानमा यादवले खोटाङमा निर्माणाधीन सडकको पाँचौ रनिङ्ग बिल स्वीकृत गरी भुक्तानी प्रक्रिया सम्बन्धी काम अघि बढाइदिए वापत सेवाग्राहीसँग एक लाख र पुनः छैटौं रनिङ बिल भुक्तानीको लागि ५,७०,००० गरी ६,७०,००० घुस लिएको देखिएको आयोगले बताएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया