ओखलढुंगाका इन्जिनियर सन्तोष कुमार यादवमाथि भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध भष्ट्राचार मुुद्दा दर्ता भएको छ ।
अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले बिहीबार खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्न घुस मागेको आरोपमा यादवलाई भष्ट्राचार मुुद्दा दायर गरेको हो ।
उनलाई पाँच लाख सत्तरी हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानमा यादवले खोटाङमा निर्माणाधीन सडकको पाँचौ रनिङ्ग बिल स्वीकृत गरी भुक्तानी प्रक्रिया सम्बन्धी काम अघि बढाइदिए वापत सेवाग्राहीसँग एक लाख र पुनः छैटौं रनिङ बिल भुक्तानीको लागि ५,७०,००० गरी ६,७०,००० घुस लिएको देखिएको आयोगले बताएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया