डिपोर्ट गरिएका नेपाली लिएर आयो अमेरिकी चार्टड विमान
काठमाडौं । अवैधरुपमा अमेरिकामा पुगेका नेपालीलाई चार्टड जहाजमार्फत काठमाडौँ ल्याइएको छ ।
अमेरिकाले आइतबार साँझ ३७ नेपालीलाई ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याएको हो । काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिन अगाडी नै अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई कारवाही शुरु गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू पनि निष्कासनमा परेका छन् । यस अघि अमेरिकाले स-सानो संख्यामा नेपालीलाई डिपोर्ट गरिरहेको भएपनि यति ठुलो संख्यामा डिपोर्ट गरेको भने पहिलो पटक हो ।
ट्रम्पले दोस्रो कार्यकाल शुरु गरेपछि अमेरिकाबाट यसअघि करिब १४० नेपाली डिपोर्ट भएका थिए ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया