डिपोर्ट गरिएका नेपाली लिएर आयो अमेरिकी चार्टड विमान
काठमाडौं । अवैधरुपमा अमेरिकामा पुगेका नेपालीलाई चार्टड जहाजमार्फत काठमाडौँ ल्याइएको छ ।
अमेरिकाले आइतबार साँझ ३७ नेपालीलाई ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याएको हो । काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिन अगाडी नै अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई कारवाही शुरु गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू पनि निष्कासनमा परेका छन् । यस अघि अमेरिकाले स-सानो संख्यामा नेपालीलाई डिपोर्ट गरिरहेको भएपनि यति ठुलो संख्यामा डिपोर्ट गरेको भने पहिलो पटक हो ।
ट्रम्पले दोस्रो कार्यकाल शुरु गरेपछि अमेरिकाबाट यसअघि करिब १४० नेपाली डिपोर्ट भएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया