प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने छन् ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद बैठक नियमित कार्यसूचीमा प्रवेश समेत गर्न सकेको छैन ।
आइतबार सभामुखको पहलमा समस्या समाधानका लागि दलका प्रमुख सचेतकहरुसँग पटक पटक छलफल गरे पनि सत्ता पक्ष र विपक्षीहरू आआफ्नो अडानमा यथावत रहँदा निकास निस्कन सकेन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया