नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य
काठमाडौँ- आईसीसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा नेपालले नेदरल्यान्डससामु २३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
स्कटल्याण्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाउन सक्यो ।
नेपालका लागि आरिफ शेखले अर्धशतकीय इनिङ खेले । आरिफले ८५ बलमा ८४ रनको योगदान दिए । उनले ७ चौका र २ छक्का प्रहार गरे । अन्य ब्याटर खासै चल्न नसक्दा नेपालको ब्याटिङलाई आरिफले उकासेका हुन् ।
कुशल भुर्तेल १८, अनिल शाह २, भीम सार्की ३५, कप्तान रोहित पौडेल ३५, दीपेन्द्रसिंह ऐरी १६, बसिर अहमद ११ , सन्दीप लामिछाने २ र करन केसी ११ रन बनाएर आउट भए । नन्दन यादव १० रनमा अविजित रहे ।
बलिङमा नेदरल्यान्डसका पल भ्यान मीकेरेनले ४ र माइकल लेभिटले ३ विकेट लिए । स्कटल्याण्डमा जारी सिरिजमा नेपालले २ खेलमा जित र एक खेलमा हार बेहोरेको हो ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया