NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३१ गते

प्रतिनिधि सभा बैठकमा आज पनि विपक्षीको अवरोध

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।

सो प्रकरणमा छानबिन वा अध्ययन गर्ने भन्ने विषयमा सत्तारुढ दलहरूले लिखित प्रतिबद्धता जाहेर गर्ने बताएका छन् ।

यद्यपि रास्वपाले निर्णय लिनका लागि थप समय माग गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार भोलिदेखि नियमित रूपमा संसद् चल्नेछ ।