अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन्। बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानमा कडरिया मात्र ७ मतान्तरले अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
कडरियाले ७३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७२४ मत ल्याएका छन्।खुला उपाध्यक्षमा विकास श्रेष्ठ र महिलातर्फ अञ्जना सिवाकोटी निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा दीपक धामी ७ सय ८५ मतका साथ निर्वाचित भएका छन्।
चारजना सचिवतर्फ आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल निर्वाचित भएका छन्।
केन्द्रीय आयोगतर्फ निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भएका छन्।
त्यसैगरी लेखा अयोग अध्यक्षमा अञ्जली लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत निर्वाचित हुँदा अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारीले बाजी मारेका छन्।
नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट विजयी हुँदा उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे निर्वाचित भए।
कीर्तिपुरमा जेठ २५ गतेदेखि सुरु भएको महाधिवेशनको मतदान बिहीबार सम्पन्न भएको हो।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया