टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु

सान एन्टिनियो- दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षाका पछि आएको बाढीका कारण कम्तिमा दश जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् ।
केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो सहरमा वर्षा पछि सडकहरूमा बाढी आउदाँ सवारी साधनहरू समेत अवरुद्ध भएको जनाइएको छ ।
सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ । हालसम्म मृतकको सङ्ख्या दश पुगेको सहरका अधिकारीहरूले पुष्टि गरेका छन् ।
सान एन्टोनियो मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा बाढीमा ज्यान गुमाएका हरूको खोजी जारी राख्ने बताएका छन् ।
सहरका अधिकारीहरूले बाढी प्रभावितको उद्धार र अनुसन्धान भइरहेको बताएका छन् ।
वैज्ञानिकहरूले लामो समयदेखि मानव निर्मित जीवाश्म ईन्धन उत्सर्जन द्वारा सञ्चालित जलवायु परिवर्तनले उच्च वर्षा जस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाइरहेको चेतावनी दिएका छन ।
ताजा अपडेट
-
नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार
-
गाउँ विकास समितिका अध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
देशका अधिकांश स्थानमा मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने
-
प्रधानमन्त्री ओलीले भने-‘निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ’
-
आजदेखि वाणिज्य बैंकको नयाँ ब्याजदर लागू
प्रतिक्रिया