जेठ ३ मा स्थानीय तहको निर्वाचन ?
काठमाडौं । सत्तारुढ दलहरूले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेलगत्तै निर्वाचन आयोगले आन्तरिक गृहकार्य अघि बढाएको छ ।
औपचारिक रुपमा सरकारले निर्वाचन आयोगलाई जेठमा स्थानीय निर्वाचन गर्न चाहेको विषयमा जानकारी गराएको छैन । तर, आन्तरिक तयारीमा आयोग जुटिसकेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै परामर्शका लागि बोलाउन सक्ने अनुमानमा आयोगले आन्तरिक तयारी थालेको हो ।
त्यहीअनुसार ढिलामा जेठ ३ गतेसम्म निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा आयोग उभिएको छ । यसअघि नै आयोगले विज्ञप्ति नै निकालेर निर्वाचन ऐनले गरेको व्यवस्था सम्झाएको छ ।
सरकारले निर्वाचनको मिति घोषणा गर्न आयोगसँग परामर्श लिएमा २०७९ जेठ ३ गतेको मिति सिफारिस गर्ने आयोगको तयारी छ ।
निर्वाचन ऐनअनुसार २०७९ जेठ ५ गतेभित्र निर्वाचन सम्पन्न भइसक्नुपर्छ । त्यसका लागि ३ गतेसम्म निर्वाचन सम्पन्न भइसक्योस् भन्ने आयोगको मत छ ।
त्यहीअनुसार ढिलामा जेठ ३ गतेसम्म निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा आयोग उभिएको छ । यसअघि नै आयोगले विज्ञप्ति नै निकालेर निर्वाचन ऐनले गरेको व्यवस्था सम्झाएको छ ।
नेपालवाचसँग कुरा गर्दै एक आयुक्तले नेपालवाचसँग भने, ‘कम्तिमा एक चरणको निर्वाचन जेठ ५ भित्र सम्पन्न गर्न सकियो भने कानूनी अड्चन हट्छ ।’
त्यसपछि क्रमश दोस्रो र तेस्रो चरणको निर्वाचन गर्न बाटो खुल्ने उनले बताए । आयोगले चाहिँ देशभर एकै चरणमा स्थानीय निर्वाचन गर्न चाहेको बताएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया