संघीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विधेयक पेस गर्दै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको बताए ।
“दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छ”, सभापति खतिवडाले भने ।
प्रतिनिधि सभाको अर्को बैठक यही असार २ गते सोमबार बिहान ११:०० बजे बस्नेछ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया