पूर्वमन्त्री शास्त्रीको निधन
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्री (ढुण्डिराज पौडेल) को निधन भएको छ। सोमबार बिहान काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिएकी छन्।
नेपाली कांग्रेसका तर्फबाट २०४८ र २०५१ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट सांसद भएका शास्त्री उद्योग र श्रममन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनले गत वर्ष मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने बिपी कोइराला राष्ट्रिय पुरस्कार पाएका थिए। उनलाई सरकारको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार राजनीतिक दर्शनतर्फ पुरस्कृत गरिएको थियो। उनका दुवै छोराहरू देश बाहिर भएकाले स्वदेश फर्किएपछि मात्रै अन्तिम संस्कार गर्ने तयारी रहेको केन्द्रीय सदस्य भुसालले जानकारी दिइन्।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया