स्वरोजगार बन्न विद्यार्थीलाई ‘करियर काउन्सिलिङ’
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर नमूना माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ‘करियर काउन्सिलिङ’ दिन थालिएको छ ।
कक्षा १२ पढेपछि विदेश जाने लहर चलेपछि विद्यार्थीले नेपालमै केही गर्न सक्छन्, भन्ने सन्देश दिन यो कार्यक्रम अघि बढाएको विद्यालयका प्रधानाध्यापक विष्णु केसीले बताए । उनका अनुसार सोमबारदेखि सुरु भएको उक्त कार्यक्रम यही असार ७ गतेसम्म चल्नेछ । त्यस क्रममा निजामती, शिक्षक सेवा, नेपाल प्रहरी, नेपाली सेना, बैंकिङ, न्यायलगायतका सेवाका बारेमा विद्यार्थीलाई जानकारी दिइने छ ।
सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यार्थीहरु पछिल्लो समय निजामती, शिक्षकलगायतका सेवामा भन्दा विदेश जाने गरेकाले नेपालमै भविष्य बनाउनुपर्छ भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम अघि बढाइएको उनको भनाइ छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले विद्यार्थीले जुन विषयमा रुची छ, त्यही विषयमा गहिरिएर लागेमा सफलता हात पर्ने बताए । “सबै निजामती नै हुनुपर्छ भन्ने होइन, राम्रो व्यवसायी, राम्रो कलाकार, राम्रो खेलाडी बन्न सक्न्छि”, उनले भने ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया