पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
गुल्मी । पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ ।
उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्वामा आज अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले जानकारी दिए ।
सडक अवरुद्ध बनेपछि कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी सडकखण्डमा दुवै तर्फका लामो तथा छोटो दूरीका सम्पूर्ण सवारीसाधनहरूबीच बाटोमै अलपत्र परेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया