रास्वपाको नीलो स्कार्फबारे सभामुखले भने- दलहरू आफैं मर्यादामा बस्नुपर्छ
काठमाडौं- सभामुख देवराज घिमिरेले नीलो स्कार्फ लगाएर संसद्मा छिरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू आफैं स्वनियमनमा बस्नुपर्ने बताएका छन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोधमा उत्रिएका रास्वपा सांसदहरूलाई संसद् बैठकबाट निष्काशन गर्न प्रमुख सत्तारुढ नेपाली कांग्रेसले माग गरेका सन्दर्भमा घिमिरेले यस्तो जवाफ दिएका हुन् ।
कांग्रेससहित अन्य दलका सांसदहरूले पनि सदनमा रास्वपा सांसदहरू नीलो स्कार्फमा प्रवेश गरेकोबारे सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।
उनीहरूले संसद्मा क्रमशः अमर्यादित गतिविधि बढिरहेको भन्दै नियन्त्रणका लागि आग्रह गरेको सन्दर्भमा सभामुखको यस्तो जवाफ आएको हो ।
‘यसबारेमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘संसदीय मर्यादाभित्र बस्नु स्वयम् सांसद र राजनीतिक दलहरूको कर्तव्य हो । म यसबारे स्वनियमनको पक्षमा रहेको छु ।’
मंगलबार दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकमा नियमापत्ति जनाउने क्रममा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा सांसदहरूलाई बैठकबाट निकाल्न माग गरेका थिए ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया