प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । रास्वपाले निरन्तर सदन अवरोध गरेपछि बिहिबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर गरेर स्थगित गरिएको हो।
रास्वपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएको छ । त्यसमा राप्रपाको पनि साथ छ ।
माओवादीसँग दुई बुँदे सहमति भएर सदन चलाए पनि रास्वपा र राप्रपाले स्वीकार गरेका छैनन् । सदन चलाउन सभामुखले आजै गृहमन्त्री, ठूला पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गरे पनि सहमति बनेन ।
सभामुखले भोलि सहमतिका लागि दललाई आवश्यक छलफल गर्न निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
त्रिकोणात्मक टी२० सिरिज: नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो
-
टी–२० आई क्रिकेटमा करण केसीको १०० विकेट पूरा
-
सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन
-
‘बजेटमा स्वार्थ समूहको प्रभाव देखियो’-पूर्वअर्थमन्त्री पुन
-
कर्मचारी र वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार
प्रतिक्रिया