प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित
काठमाडौं – प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । रास्वपाले निरन्तर सदन अवरोध गरेपछि बिहिबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर गरेर स्थगित गरिएको हो।
रास्वपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएको छ । त्यसमा राप्रपाको पनि साथ छ ।
माओवादीसँग दुई बुँदे सहमति भएर सदन चलाए पनि रास्वपा र राप्रपाले स्वीकार गरेका छैनन् । सदन चलाउन सभामुखले आजै गृहमन्त्री, ठूला पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गरे पनि सहमति बनेन ।
सभामुखले भोलि सहमतिका लागि दललाई आवश्यक छलफल गर्न निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया