काठमाडौँ १८ मा ‘सिप मेला’ सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१८ ले बुधबारदेखि भुरुङखेलमा ‘सिप मेला’ सुरु गरेको छ ।
४ दिन चल्ने सिप मेलामा उद्यमशील विकास, रोजगारमूलक, स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित प्रशिक्षण हुनेछ ।
वडाध्यक्ष न्हुच्छेकाजी महर्जनका अनुसार सिप मेलामा परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमुना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद् व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउने सहित क्षेत्र तालिममा समावेश छन् ।
प्रशिक्षणमा विपद् व्यवस्थापन क्षेत्रमा खोज उद्धार, एक वडा एक नमुना उद्यम कार्यक्रम क्षेत्रमा लाखामरी बनाउने तालिम हुनेछ । आयसँग र आफूले गर्नुपर्ने खर्च घटाउने क्षेत्रमा सेल्फ मेकअप तालिम राखिएको छ ।
यसमा प्रशिक्षण लिनेले व्यवसाय गरेनन् भने पनि आफूले पार्लरमा गर्नुपर्ने खर्च घटाउन सकिने धारणा वडा सदस्य हेराशोभा डंगोल महर्जनले राखिन् ।
प्रशिक्षणमा डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने, बेकरी बनाउने तालिम चल्ने छ ।
तालिम हरेक दिन बिहान ११ बजे सुरु भएर अपराह्न ३ बजे सकिने छ । हरेक विधामा २५ जनासम्म प्रशिक्षार्थी राखिएको छ । यसरी करिब १ सय ५० जना प्रशिक्षित हुने अपेक्षा गरिएको छ ।
वडाले यसअघि तालिम दिएका योग्य जनशक्तिलाई प्रशिक्षकका रूपमा विकास गरिएको छ । यस अन्तर्गत साबुन बनाउने र जुत्ता बनाउने तालिमका प्रशिक्षक वडाबाट प्रशिक्षण पाएका व्यक्ति छन् ।
लाखामरी बनाउन परम्परागत सिप भएका प्रशिक्षक चयन गरिएको छ । अन्य प्रशिक्षणका लागि प्रशिक्षण केन्द्रहरूसँग सहकार्य गरिएको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया