‘सरकारले विपत व्यवस्थापनका लागि बजेट अभाव हुन दिँदैन’
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले मुलुकका विभिन्न क्षेत्रको विपत् व्यवस्थापनका लागि बजेट अभाव हुन नदिने बताएका छन्। ललितपुर जिल्लाबाट निर्वाचित जनप्रतिनिधिको संयुक्त टोलीसँग आज भएको छलफलमा उपप्रधानमन्त्री पौडेलले बाढी पहिरोले उत्पन्न विपत्को यथाशीघ्र व्यवस्थापन गर्ने बताए।
विपत् प्राधिकरणसँग आवश्यक समन्वय गरी सम्बन्धित मन्त्रालयमार्फत बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले टोलीले राखेका सम्पूर्ण विषयमा आफू सकारात्मक रहेको र सोको सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाए। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणा नेतृत्वको उक्त टोलीले गत असोज ११ र १२ को बाढीका कारण क्षतिग्रस्त बस्ती तथा संरचनालाई तत्काल पुनर्निर्माणका लागि बजेट व्यवस्थापनको माग गरेको हो।
टोलीले लेले–भारदेउ–चन्दनपुर–ठूलादुर्लुङ मोटर बाटोमा विनियोजित रू २५ करोड बजेटलाई बहुवर्षीय योजनाका रुपमा सम्बोधन गरिदिन आग्रह गरेको थियो। सातदोबाटो–चापागाउँ र सातदोबाटो–गोदावरी बाटोको मुआब्जा तत्काल उपलब्ध गराउन उक्त टोलीले माग गरेको छ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया