NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ६ गते

देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध, ६ एकतर्फी संचालनमा

काठमाडौँ । बर्षा शुरु भएसँगै प्रमुख सडक अवरुद्ध हुनेक्रम शुरु भएको छ ।

नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान १०:२० बजेसम्मको अपडेट अनुसार हाल देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् भने ६ सडक एकतर्फी संचालनमा रहेका छन् ।

हाल सिन्धुपाल्चोकको भोटेकोशीस्थित लार्चामा पहिरो जादा अरनिको राजमार्ग पुर्णरुपमा अवरुद्ध रहेको छ । त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को विनयी खोलाको डाइभर्सन बाढीले बगाउदा सडक दुई तर्फी अवरुद्ध भएको छ । त्यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को बुलिनटार-१ बतासे डाँडामा पहिरोले कालिगण्डकी कोरिडोर पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

त्यस्तै पहिरोले दाङको तुलसीपुरस्थित दाङ सल्यान सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ भने सल्यानको कपुरबोट-३ स्थित राप्ति राजमार्ग पनि पूर्ण रुपमा अवरुद्द रहेको छ ।

त्यसैगरी त्यसैगरी डोल्पाको त्रिपुरासुन्दरी-१ को छलघाटमा बाढी आउदा भेरी कोरिडोर एकतर्फी संचालनमा आएको छ भने जुम्लाको जुम्ला मुगु सडक खण्ड पहिरोका कारण एकतर्फी संचालनमा रहेका छन् । त्यस्तै गुल्मीको कालिगण्डकी कोरिडोर, म्याग्दीको बेनी-जोमसोम सडक, मकवानपुरको त्रिभुवन राजपथ र धनकुटाको रवि राके भेडेटार सडक एकतर्फी संचालन रहेको छ ।