पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौँ- पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, परिषद् सदस्य र कार्यकारी निर्देशकसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडासहित १४ जना र दुई कम्पनी उपर भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
उनीहरूमाथि पशुपति क्षेत्र विकास कोष र सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना हानी/नोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि भएकाले विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया