प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित ३ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहि ३ जनामाथि भ्रष्टाचार मुुद्दा दायर भएको छ ।
लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदी, अस्पतालमा कामकाज गर्न खटिएका तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिजाली मगरविरुद्ध अख्तियार दुुरुपयोग अनुसन्धान आयोग मुुद्दा दायर गरेको हो ।
प्रतिवादीहरुले अस्पतालको सम्पत्ति हानिनोक्सानी गर्ने बदनियतले संकलन भएको राजस्वको रकम हिनामिन गरेको देखिएको अख्तियारको ठहर छ ।
‘प्रतिवादीहरुले आफ्नो जिम्मामा रहेको प्रदेश अस्पताल सुर्खेतरसार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानिनोक्सानी तथा दुरुपयोग गर्ने बदनियतले प्रदेश अस्पताल, सुर्खेतमा मिति २०८०।०४।०१ देखि मिति २०८१।०४।३२ सम्मको अवधिमा संकलन भएको राजस्व रकम रु३४,०३,८५६.५० (चौँतीस लाख तीन हजार आठ सय छपन्न रुपैयाँ पचास पैसा०) मध्ये रु ८,३६,३३० (आठ लाख छत्तीस हजार तीन सय तीस रुपैयाँ) रकम अस्पतालको खातामा दाखिला गरी गराई बाँकी रू २५,६७,५२६.५० (पच्चीस लाख सतसठ्ठी हजार पाँच सय छब्बीस रुपैयाँ पचास पैसा) रकम हिनामिना गरेकोकाे देखिएकाे छ’ अख्तियारकाे आरोपपत्रमा उल्लेख छ ।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया