प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित ३ जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौं । प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहि ३ जनामाथि भ्रष्टाचार मुुद्दा दायर भएको छ ।
लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदी, अस्पतालमा कामकाज गर्न खटिएका तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिजाली मगरविरुद्ध अख्तियार दुुरुपयोग अनुसन्धान आयोग मुुद्दा दायर गरेको हो ।
प्रतिवादीहरुले अस्पतालको सम्पत्ति हानिनोक्सानी गर्ने बदनियतले संकलन भएको राजस्वको रकम हिनामिन गरेको देखिएको अख्तियारको ठहर छ ।
‘प्रतिवादीहरुले आफ्नो जिम्मामा रहेको प्रदेश अस्पताल सुर्खेतरसार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानिनोक्सानी तथा दुरुपयोग गर्ने बदनियतले प्रदेश अस्पताल, सुर्खेतमा मिति २०८०।०४।०१ देखि मिति २०८१।०४।३२ सम्मको अवधिमा संकलन भएको राजस्व रकम रु३४,०३,८५६.५० (चौँतीस लाख तीन हजार आठ सय छपन्न रुपैयाँ पचास पैसा०) मध्ये रु ८,३६,३३० (आठ लाख छत्तीस हजार तीन सय तीस रुपैयाँ) रकम अस्पतालको खातामा दाखिला गरी गराई बाँकी रू २५,६७,५२६.५० (पच्चीस लाख सतसठ्ठी हजार पाँच सय छब्बीस रुपैयाँ पचास पैसा) रकम हिनामिना गरेकोकाे देखिएकाे छ’ अख्तियारकाे आरोपपत्रमा उल्लेख छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया