सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?

काठमाडौं । सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, Galaxy Buds Core नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ।
जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएकाे कम्पनीकाे भनाइ छ । जसले प्रिमियम फिचरहरू जस्तै उत्क्रिष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र ७,३९९ रूपैयामा उपलब्ध गराएको छ ।
कालो र सेतो रंगमा उपलब्ध रहेकाे याे बड्स नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ। यसले डायनामिक ड्राइभरहरूको प्रयोग गरी deep immersive साउन्ड प्रदान गर्दछ ।
एएनसी र कल न्वाइज रिडक्सनको साथमा प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्ने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार, तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ।
प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स रहेकाे र कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउने कम्पनीकाे विश्वास छ। यसको प्रमुख फिचर ग्यालेक्सी इन्टरप्रिटरले आमने सामने कुराकानीको क्रममा दुईतर्फी रियल-टाइम अनुवाद प्रदान गर्छ। जस्ताे यदि तपाईं आफ्नै भाषामा बोल्नुहुन्छ भने इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्नेछ ।
प्रतिक्रिया