रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थली बस्ने बैठकमा रूपन्देही क्षेत्र नम्बर–३ मा हुन लागेको उपनिर्वाचनबारे छलफल हुने रास्वपाले जनाएको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधिबारे छलफल हुनेछ ।
रूपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
ताजा अपडेट
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, पेपर लिकविरुद्ध कडा कानुन ल्याउने मोदीको घोषणा
-
अनलाइन सट्टेबाजी र अवैधानिक कारोबार गर्ने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
-
तीन महिनामा देशभरबाट सात हजार फरार प्रतिवादी पक्राउ
-
मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना


प्रतिक्रिया