NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

अन्तर्राष्ट्रिय विश्वविद्यालय विद्यार्थी ग्रीष्म शिविर आज उद्घाटन हुँदै

काठमाडाैं। सिल्क रोडको आरम्भ बिन्दु·भविष्यको साझेदारी भन्ने शीर्षकमा २०२५ अन्तर्राष्ट्रिय विश्वविद्यालय विद्यार्थी ग्रीष्म शिविर आज साँझ औपचारिक रूपमा उद्घाटन हुँदैछ।

यो ग्रीष्म शिविर सियान विश्वविद्यालयले आयोजना र सियान कला र विज्ञान कलेजले सञ्चालन गरेको हो । जसमा विश्वभरिका ३४ राष्ट्रका ६९ जना युवा सहभागी हुँदैछन्।

एक हप्ता लामो यो ग्रीष्म शिविरमा सहभागी विद्यार्थीहरूले चिनियाँ इतिहास र संस्कृतिको गहिरो अध्ययन गर्नेछन् । जसमा विधि अभ्यास, शहरी प्रशासन, हवाई ढुवानी, कृषि उद्योग, परम्परागत कला र प्राकृतिक पारिस्थितिकीका सात प्रमुख विषयमा अनुसन्धान र छलफल गरिनेछ।

नेपालका विद्यार्थी टिकराम पौडेलले नेपालका युवा प्रतिनिधिको रूपमा यस कार्यक्रममा सहभागिता जनाएका छन्। यो कार्यक्रमले विश्वभरिका युवाहरू बीच अन्तर-सांस्कृतिक आदानप्रदानको अवसर प्रदान गर्दै आपसी समझ र विश्वासको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ, जसले साझा समृद्ध भविष्यको निर्माणमा मद्दत पुर्याउने विश्वास राखिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष