सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा वैशाख २८ गते हुँदै, यस्ता छन् एजेण्डा
काठमाडौं । सगरमाथा इन्स्यरेन्सको २५ औं वार्षिक साधारण आउँदो वैशाख २८ गते बुधबार लैनचौर बैंङ्क्वेटमा बिहान ११ बजेबाट हुने भएको छ । कम्पनीले आज सूचना जारी गर्दै साधारण सभाबारे सेयरधनीलाई जानकारी गराएको हो ।
कम्पनीले उक्त साधारण सभामा आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, आव ०७७/०७८ को लेखा परिक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने कार्यक्रम रहेको छ । त्यस्तै साधारण सभाले संचालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजी एक अर्ब ११ करोड १३ लाख ५७ हजार पाँच सय एक प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गर्ने छ ।
यस्तै साधारणसभाले आव ०७८÷०७९ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने छ भने विशेष प्रस्तावअन्तर्गत प्रस्ताव भए बमोजिम कम्पनीको हालको चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर जारी प्रस्ताव पारित गर्ने, प्रबन्धपत्रमा संशोधन गरी कम्पनीको अधिकृत पूँजी कायम गर्ने प्रस्ताव स्वीकृत गर्ने लगायतका प्रस्तावहरु कम्पनीले पारित गर्ने जनाएको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया